भारतको बलिउडका चर्चित सङ्गीतकार श्रवण राथौडको कोरोना सङ्क्रमणबाट मृत्यु

2 years ago

भारतको बलिउडका चर्चित सङ्गीतकार श्रवण राथौडको कोरोना सङ्क्रमणबाट मृत्यु

भारतको बलिउडका चर्चित सङ्गीतकार श्रवण राथौडको बिहीवार राति ६६ वर्षीय श्रवणको मुम्बईस्थित रहेजा अस्पतालमा कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ 

केही दिन अघि कोरोना संक्रमणबाट श्रवणको स्वास्थ्य अवस्थामा सुधार नभएपछि मुम्बईस्थित रहेजा अस्पतालमा भर्ना गरिएको थियो भने गए राति भारतीय अखबार इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले श्रवणको  अस्पतालमा उपचारकै क्रममा निधन भएको उल्लेख गरेको छ ।

सन् १९९० को दशकमा ‘साजन’, ‘सडक’, ‘आशिकी’, ‘दिवाना’, ‘दिल है की मानता नहिं’, ‘राजा हिन्दूस्तानी’ लगायतका दर्जनौं फिल्ममा सङ्गीतको लय भरेका नदीम श्रवणको जोडीलाई भारतीय सङ्गीतलाई नयाँ उचाइमा पुर्याएको श्रेय जान्छ ।