भारतको कोलकातामा एक भवनमा आगलागी हुँदा ९ जनाको जलेर मृत्यु

2 years ago

भारतको कोलकातामा एक भवनमा आगलागी हुँदा ९ जनाको जलेर मृत्यु

भारतको कोलकातामा रहेको एक भवनमा आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको छ ।

एएनआइका अनुसार १३औँ तलामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुने व्यक्तिहरु चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे  प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी रहेका छन् ।

दुई जनाको पहिचान हुन नसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अहिले सम्म आगलागीको कारण खुल्न सकेको छैन ।