भारतको कोरोना केयर सेन्टरमा आगलागी हुँदा सातको मृत्यु

2 years ago

भारतको कोरोना केयर सेन्टरमा आगलागी हुँदा सातको मृत्यु

भारतको कोरोना केयर सेन्टरमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।

भारतको आन्ध्र प्रदेशको विजयवाडामा स्वर्ण प्यालेस नामको होटलमा एक नीजी अस्पतालले कोरोना केयर सेन्टरको रुपमा प्रयोग गर्दै आएको होटलमा आगलागी भएको हो ।  दुर्घटनामा हालसम्म सातजनाको मृत्यु भएको र दुर्घटना हुदाँ होटलमा करिब ५० जना मानिस  रहेको प्रहरी विभागले जानकारी गराएको छ। आगोबाट बच्न अस्पतालबाट हाम फालेका चारजना अहिलेसम्म बेपत्ता भएका छन ।

दुर्घटनामा परी घाइते भएकालार्ई नजिकैको रमेश अस्पताल लगिएको छ  ।