भारतको अहमदाबादमा कर्फ्यू

2 years ago

भारतको अहमदाबादमा कर्फ्यू

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतको अहमदाबादमा आज ९शुक्रबार०देखि रातको समयमा कर्फ्यू घोषणा गरिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि गुजरात सरकारले अहमदाबादमा रातको समयमा कर्फ्यू लगाउने निर्णय गरेको समाचार संस्था पिटिआईले जनाएको छ ।

राति ९ बजेदेखि बिहान ६ बजेसम्म हरेक रात कर्फ्यू आदेश जारी भए पनि यो कहिलेसम्म कायम छ भन्ने खुलाइएको छैन । यो समाचार तयार पार्दासम्म गुजरातमा ३ हजार ८३० जनाको संक्रमितको मृत्यु भएको छ । अहमदाबादमा मात्रै अहिलेसम्म ४६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।