बेलायती राजदरबारले भन्यो- रंगभेदको विषयलाई गम्भीरताका

2 years ago

बेलायती राजदरबारले भन्यो- रंगभेदको विषयलाई गम्भीरताका

बेलायती राजदरबारले राजकुमार ह्यारी तथा उनकी पत्नी मेगन मार्केलले दिएको अन्तर्वार्तामा उठाइएका जातीय प्रकृतिका प्रसँग निकै चिन्ताजनक भएको प्रतिक्रिया दिएको छ ।

महारानी एलिजाबेथको तर्फबाट एक वक्तव्य जारी गर्दै दरबारले ती विषयलाई गम्भीरतापूर्वक लिएको पनि जनाएको छ । ओप्रा विन्फ्रीसँगको अन्तर्वाताका क्रममा राजकुमार ह्यारी र उनकी पत्नीले यो विषय उठाएका थिए ।

राजदरबारले अन्तर्वार्तामा उठाइएका विभिन्न प्रसँगबारे भिन्नभिन्न सम्झना रहेको र तिनलाई आफ्नो तबरले सम्बोधन गर्ने उल्लेख गरेको बीबीसीले जनाएको छ ।

अन्तर्वार्ताका क्रममा मेगनले शाही परिवारका एक सदस्य, जसको नाम खुालाइएको छैन, ले उनीहरुको छोराको छाला कत्तिको कालो होला भनेर सोधेको बताएकी थिइन् । ती सदस्यले ह्यारीसँग त्यसो भनेको र ह्यारीले आफूलाई उक्त कुरा सुनाएको मेगनको भनाइ थियो ।

ह्यारी र मेगनको छोराको छालाको रंगका सम्बन्धमा भएको टिप्पणी अन्तर्वार्तामा उठेपछि दरबारमाथि प्रतिक्रियाका लागि दबाब परेको थियो ।