बलिउड नायक वरुण धवन र नताशा विवाह बन्धनमा बाँधिदै

2 years ago

बलिउड नायक वरुण धवन र नताशा विवाह बन्धनमा बाँधिदै

आज बलिउड नायक वरुण धवन र उनकी प्रेमिका नताशा दलाल बैवाहिक जीवनमा बाँधिदै छन् । उनीहरुको विवाह अलीबागको ‘दि मेसन हाउस’मा हुँदै छ । शनिवार नै वरुण र नताशाको मेहेन्दी र संगीत सेरेमनी आयोजना गरिएको छ । 

बरुण र नताशाको मेहेन्दी सेरेमनीका लागि चर्चित मेहेन्दी आर्टिस्ट वीना नागदलाई बोलाइएको थियो । बरुण र नताशाको संगीत सेरेमनीलाई करण जोहरले होस्ट गरेका भारतीय मिडियाले बताएका छन ।  नायिका आलिया भट्ट, जाहन्वी कपुर, नायक अर्जुन कपुर लगायतले नृत्य गरेका थिए ।

बरुण र नताशा लामो समयसम्मको प्रेमलाई विवाहमा परिवर्तन गर्न लागेका हुन । उनीहरुले विवाहको लागि  कोरोना यथावत रहेकोले  नजिकका ५० जना आफन्त र साथीभाइलाई निमन्त्रणा गरिएको छ ।