बलिउडमा आफ्नो समर्पण र काम प्रति लगाव राख्ने अभिनेता आमिर खानले सामाजिक सञ्जाल प्रयोग नगर्ने घोषणा

2 years ago

बलिउडमा आफ्नो समर्पण र काम प्रति लगाव राख्ने अभिनेता आमिर खानले सामाजिक सञ्जाल प्रयोग नगर्ने घोषणा

सोमवार बलिउडमा आफ्नो समर्पण र काम प्रति लगाव राख्ने अभिनेता आमिर खानले सामाजिक सञ्जाल प्रयोग नगर्ने घोषणा गरेका छन् ।

उनले फेसबुक, ट्विटर र इन्स्टाग्रामबाट बिदा लिएको घोषणा गरेका हुन् र  उनले आफ्नो कम्पनीको ट्विटर हेण्डलका माध्यमबाटबाट मात्र सम्पर्कमा रहने उल्लेख गरेका छन् । गत मार्च १४ मा आमिरले आफ्नो ५६ औं जन्मदिन मनाए ।

१४ मार्चमा आमिरले ट्विटरमा शुभकामना दिने कैयौंलाई उत्तर फर्काए । दैनिक जागरणमा प्रकाशित समाचारअनुसार यसमा सचिन तेन्दुलकर, एली एव्राम, गीतो फोगाट, गुलशन ग्रोवर, दलेर मेहन्दी, सोनाली कुलकर्णी, युवराज सिंह, दिव्या दत्तालगायतका सेलिब्रेटी छन् । उनीहरुलाई उत्तर फर्काएपछि आमिरले सामाजिक सञ्जालबाट विदा लिने घोषणा गरेका हुन्।

‘साथीहरु, मेरो जन्मदिनमा यति धेरै माया र आफ्नोपन देखाएकोमा धेरै धन्यवाद । यो शुभेच्छाले मेरो हृदय भरिएको छ । अर्को कुरा गर्दा यो सामाजिक सञ्जालमा मेरो अन्तिम पोस्ट हो’, आमिरले लेखेका छन् ।

सामाजिक सञ्जालमा आमिरको फलोअर्स ४ करोड बढी छ । जसमा ट्विटरमा फलोअर संख्या २ करोड ६७ लाख ७६ हजार २ सय ९९ छन् । इन्स्टाग्राममा ३६ लाख बढी फलोअर छन् । फेसबुकमा आमिरको १८ मिलियन फलोअर्स छन् ।