बार्सिलोना स्पानिस ला लिगाको दोस्रो स्थानमा

2 years ago

बार्सिलोना स्पानिस ला लिगाको दोस्रो स्थानमा

कप्तान लिओनल मेसी र एन्टोनी ग्रीजमनको गोल मद्दतमा बार्सिलोनाले विल्वाओलाई २(१ ले पराजित गर्दै स्पानिस ला लिगाको दोस्रो स्थानमा पुगेको  छ ।

खेलको २० औं मिनेटमा मेसीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए र जितपछि बार्सिलोनाले रियल मड्रिडलाई पछि पारेको हो । ‍बार्सिलोनाको लागि मेसीको यो ६५०औं गोल हो भने खेलको ४९औं मिनेटमा बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि खेल १(१ को बराबरीमा पुग्यो ।

खेलको ७४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई २(१ को जित दिलाए र जितपछि २० खेलबाट ४० अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।