बार्सिलोनाले हुएस्कालाई १-० अन्तरले हराए

2 years ago

बार्सिलोनाले हुएस्कालाई १-० अन्तरले हराए

स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले हुएस्कामाथि  जित हात पारेको  छ ।

आईतबार भएको खेलमा बार्सिलोनाले हुएस्कालाई १-० गोल अन्तरले पराजित गराएको छ । बार्सिलोनाको जितमा फ्रान्की डि जोङले पहिलो हाफमा नै निर्णायक  गोल  गरेको थियो । उनले खेलको २७औं मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा गोल गरेका थिए । यो सँगै बार्सिलोनाले १६ खेलबाट २८ अंक जोडेर पाँचौ स्थानमा पुगेको छ ।