बर्लिन म्याराथनमा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीलाई बिदाइ

2 years ago

बर्लिन म्याराथनमा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीलाई बिदाइ

जर्मनीमा आयोजना हुने बर्लिन म्याराथनमा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीलाई बिदाइ गरिएको छ । 

नेपालगंज म्याराथनले मंगलबार काठमाडौंमा धावक पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगंज म्याराथनका टिएस ठकुरी लगायतले उनीहरुलाई बिदाइ गरे ।

बिदाइमा उनीहरुलाई ट्रयाक सुट प्रदान गरिएको थियो । बिदाइमा बोल्दै धावक पार्कीले उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्दता जनाए । यस म्याराथनको महत्व छुट्टै रहेको भन्दै उहाले सहभागिता जनाउन पाउँदा खुसी रहेको धारणा राख्नुभयो ।

विश्व चर्चित बर्लिन म्याराथन जर्मनीको बर्लिनमा सेप्टेम्बर २९ मा हुनेछ । पार्की पछिल्लो संस्करणको नेपालगंज म्याराथनको विजेता हुन् ।