बार्यन म्युनिख दोस्रो चरणबाट बाहिरियो

2 years ago

बार्यन म्युनिख दोस्रो चरणबाट बाहिरियो

डीएफबी पोकल  ( जर्मन कप )को साविक विजेता बार्यन म्युनिख दोस्रो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा दोस्रो श्रेणीको क्लब होल्स्टिन किएलसँग पेनाल्टी सुटआउटमा ६-५ ले पराजित हुँदै बार्यन बाहिरिएको हो । 

निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो ।पेनाल्टी सुटआउटमा बार्यनका रोबर्ट लेवान्डोस्की, जोसुवा किमिच, थोमस मुलर, डेभिड अलवा र डुगलस कोस्टाले गोल गरेका थिए । ‍ ‍

बार्यनले खेलको १४औं मिनेटमा सर्ज नाब्रीको गोलबाट अग्रता लिएको थियो । खेलको ३७औं मिनेटमा किएलका फिन बार्टेल्सले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ४८ औं मिनेटमा लरी सानेले गोल गर्दै बार्यनलाई २-१ को अग्रता दिलाए ।तर, खेलको ९० औं मिनेटमा किएलका हउके वालले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।