बर्नसलाई सीआईए प्रमुख बनाइने वाइडेनको घोषणा

2 years ago

बर्नसलाई सीआईए प्रमुख बनाइने वाइडेनको घोषणा

अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो वाइडेनले चर्चित कुटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने भएका छन् । केन्द्रीय गुप्तचर निकाय ९सीआईए०को निर्देशकको रूपमा उनलाई नियुक्त गर्ने निर्णय भएको वाइडेनले घोषणा गरेका छन् ।

सरकारी कर्मचारीकारूपमा झण्डै ३३ बर्ष सेवा गरेका बर्नस अहिले ६४ बर्षको भएका छन् । उनी यसअघि रूस र जोर्डनका लागि राजदूतसमेत भएका थिए ।

उनले डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीबाट निर्वाचित राष्ट्रपतिको मातहतमा रहेर काम गरिसकेका छन् । उनलाई अमेरिकी सरकारी सेवा र कुटनीतिक क्षेत्रमा राम्रो छवि भएको र प्रभावकारी क्षमता भएको व्यक्तिका रुपमा चिनिन्छ ।

उनी गत सन् २०१७ देखि एक बर्ष अगाडिसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पनि कार्यरत थिए । तर, ट्रम्पको कुटनीतिक भूमिका अत्यन्त आलोचित भएपछि बर्नसले छोडेका थिए ।

बर्नसले अस्फोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्वन्धमा विद्यावारिधि पनि गरेका छन् ।