बर्नलीसँग लिभरपुल पराजित

2 years ago

बर्नलीसँग लिभरपुल पराजित

गएराति भएको लिभरपुल प्रिमियर लिगमा साविक विजेता लिभरपुल ‍बर्नलीसंग पराजित भएको छ।  ‍

एस्ले बार्न्सले दोस्रो हाफमा गरेको एक मात्र गोलमा बर्नलीले लिभरपुललाई ‍घरेलु मैदान एनफिल्डमा १-० ले पराजित गरेको हो ।

बार्न्सले ८३औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए भने उनलाई लिभरपुलका गोलकिपर एलिसन बेकरले फाउल गरेपछि बर्नलीले पेनाल्टी पाएको थियो ।

हारपछि लिभरपुलले लिग लिडर म्यानचेष्टर युनाइटेडसँग अंक दूरी कम पार्ने अवसर गुमाएको छ । १९ खेलबाट ३४ अंकसहित लिभरपुल चौथो स्थानमा नै रहेको  छ ।

समान खेलबाट ४० अंकसहित युनाइटेड शीर्ष स्थानमा छ । १८ खेल खेलेको म्यानचेष्टर सिटी ३८ अंकसहित दोस्रोमा छ भने १९ खेलबाट ३८ अंक रहेको लेस्टर तेस्रो स्थानमा रहेको छ ।

जितपछि बर्नली १८ खेलबाट १९ अंक जोड्दै १६औं स्थानमा उक्लेको छ र रेलिगेसन जोनबाट ५ अंकले माथि पुगेको छ ।