बुण्डेसलिगाको शीर्ष स्थानमा लाइपजिग

2 years ago

बुण्डेसलिगाको शीर्ष स्थानमा लाइपजिग

एमिल फोसवर्गले पेनाल्डी गर्न नसकेपछि डानिएल ओल्मोको निर्णायक गोलमा स्टुटगार्टलाई हराउँदै आरबी लाइपजिग जर्मन बुण्डेसलिगाको अग्र स्थानमा पुगेको छ ।

लाइपजिगले स्टुटगार्डलाई उसैको मैदाना १-० ले पराजित गरेको हो । ओलमोले खेलको  ६७औं मिनेटमा गोल गरेका थिए  । खेलको २३औं मिनेटमा फोसवर्गले पेनाल्टीमा गोल गर्न सकेनन् ।

जितपछि १४ खेलबाट ३१ अंक जोडेको लाइपजिग बायर्न म्युनिखलाई १-० ले पछि पार्दै अग्र स्थानमा पुगेको हो । बायर्नले आज घरेलु मैदानमा माइन्जसँग खेल्दैछ र शीर्ष स्थानमा फर्कने अवसर रहेको छ ।