बिग बास लिगमा सन्दीप दोस्रो खेल खेल्दै

2 years ago

बिग बास लिगमा सन्दीप दोस्रो खेल खेल्दै

नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछाले अष्ट्रेलियमा भइरहेको बिग बास लिग बीबीएलमा लगातार दोस्रो खेल खेल्दैछन् ।

पूर्व क्लब मेलवर्न स्टार्सविरुद्ध सोमबार हुने खेलमा सन्दीप होबार्ट हुरिकेन्सको पहिलो रोजाइमा परेका छन् ।  होर्बाटले ब्याट फ्लिप जितेर पहिले बलिङ रोजेको छ । यसअघि उनले शनिबार मेलवर्न स्टार्सविरुद्ध नै खेल्दै यस सिजनको पहिलो खेल खेलेका थिए भने होबार्टको लागि डेब्युसमेत गरेका थिए ।

१४ दिनको  क्वारेन्टिनपछि होबार्टको टिममा सामेल भएका हुन् । उनी डिसेम्बर १६ मा अष्ट्रेलिया पुगेका थिए ।