बाइडेनलाई चिनियाँ राष्ट्रपतिको बधाई

2 years ago

बाइडेनलाई चिनियाँ राष्ट्रपतिको बधाई

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले बधाई सन्देश पठाएका छन्। विश्वका कतिपय मुलुकका राष्ट्रप्रमुखले यसअघि नै बधाई दिए पनि चिनियाँ राष्ट्रपतिले भने बुधवारमात्र बाइडेनलाई बधाई सन्देश पठाएका हुन्।

दुई देशको सम्बन्ध थप सुमधुर बनाउन चाहेको सन्देश जिनपिङले पठाएको सिन्ह्वाले जनाएको छ। स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप उचाइमा लान र विन विन कोअपरेसनको अपेक्षा आफूले बाइडेनबाट गरेको जिनपिङले बताएका छन्।

यसैगरी सोही दिन चिनियाँ उपराष्ट्रपति वाङ किसानले अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई सन्देश पठाएका छन्।