फिल्म छायांकन सुचारु भएको घोषणा : सरकार

2 years ago

फिल्म छायांकन सुचारु भएको घोषणा : सरकार

कोरोना महामारीका कारण विगत  ९ महिनादेखि ठप्प रहेको नेपाली चलचित्रको छायांकन औपचारिक रुपमा  सुचारु गर्न  नेपाल सरकारले घोषणा गरेको छ ।

चलचित्र छायांकन सुरु गर्न तयार भएका निर्माताहरु सरकारको निर्देशनको पर्खाइमा छन् । म्यूजिक भिडियोको छायांकन असारबाट नै सुरु भैसकेको छ ।यसैविच, नेपाल सरकारले चलचित्र छायांकनको अनुमती दिने तयारी गरेको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार शिव श्रेष्ठसँगको भेटमा संचार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले छायांकन सुचारु गर्न दिने निर्णय भैसकेको तर पत्रकार सम्मेलन मार्फत मात्र जानकारी नगराएको बताएका छन ।

चलचित्र छायांकन सुचारु गर्न दिने निर्णय सरकारले गरिसकेको र आँउदो पत्रकार सम्मेलन मार्फत जानकारी दिने  निर्माता संघका अध्यक्ष अधिकारीले जानकारी गराए  । सरकारले चलचित्र भवन सुचारु गर्ने विषयमा सरोकारवाला निकायसँग बसेर केही दिनमै निर्णय गर्ने तयारी गरेको छ ।