फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

2 years ago

फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

फिलिपिन्समा शुक्बार बिहान ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । फिलिपिन्सको राजधानी मनिलाका भुकम्पले भवनहरु पनि निकै हल्लिए र क्रिसमसमा भेला भएका मानिसहरु आत्तिएर सडकमा पुगेको थियो । र भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भइनसकेको प्रहरीले बताएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ७।४३ बजे आएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट ११४ किलोमिटर गहिराईमा रहेको थियो । फिलिपिन्स र आसपासका मुलुकहरु भूकम्प दृष्टिबाट निकै जोखिमपूर्ण रुपमा मानिएका छन् ।