फ्रान्समा ४ हप्ता लकडाउन

2 years ago

फ्रान्समा ४ हप्ता लकडाउन

फ्रान्समा कोरोना संक्रमण बढ्दै गएपछि ४ हप्ताका लागि लकडाउन हुने भएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले शनिवारदेखि चार हप्ता लकडाउनको घोषणा गर्नु भएको हो ।

एक टेलिभिजनमा सम्बोधन गर्दै उनले लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएका बीबीसीले जनाएको छ ।

लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्नेछ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन भने घरबाट १० किलोमिटरभन्दा टाढा जान पनि नपाइने खबरमा उल्लेख गरिएको छ । यस्तै, उनले कोरोनाको सङ्क्रमण बढे पनि यसलाई नियन्त्रण गर्न सकिने भएकाले डराउनु नपर्ने बताउनु भएको छ ।

कोरोनाविरुद्धको खोपलाई तीव्रता दिने र १८ वर्षभन्दा माथिका सबै उमेर समूहलाई खोप दिने पनि बताउनु भएको छ । फ्रान्समा गएको २४ घण्टामा ४१ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।