फ्रान्समा दोस्रो चरणको लकडाउन हटाएर कर्फ्यू सुरु

2 years ago

फ्रान्समा दोस्रो चरणको लकडाउन हटाएर कर्फ्यू सुरु

फ्रान्समा दोस्रो चरणको लकडाउन हटाएर रात्रिकालिन कर्फ्यू सुरु गरिएको छ  । राति ८ बजेदेखि बिहान ६ बजेसम्म स्थानीय अधिकारीको अनुमति बिना कोही पनि घरबाट निस्कन पाउदैन । फ्रानसमा जनावरी २० सम्ममा बार र रेष्टुरेन्ट भने बन्द नै रहने बताएको छ ।

यसैगरी घरबाहिर निस्कनको लागि औपचारिक पुष्टि गर्न प्रिन्ट वा डाउनलोड गरिएका कागजपत्र आवश्यक पर्ने छैन । फ्रान्समा अहिले दैनिक ५ हजारको दोब्बरभन्दा बढीले नयाँ संक्रमित थपिने क्रम भहिरहेको छ भने ७ सय ९० भन्दा धेरैको मृत्यु भइरहेको छ ।