फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको सहज जित

2 years ago

फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको सहज जित

फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले पेरुविरूद्ध सहज जित हात पारेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोलले पराजित गरेको हो ।

पेरुको मैदानमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस गोन्जालेज र लाउटरो मार्टिनेजले एक एक गोल गरे । खेलको १७औँ मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

२८औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को जित दिलाए । जितसँगै अर्जेन्टिनाले ४ खेलमा १० अंक जोड्दै छनोटको दोस्रो स्थानमा रहेको छ ।