फिफाले सन् २०२१ मा आयोजना हुने उमेर समूहका विश्वकप रद्द गर्ने निर्णय

2 years ago

फिफाले सन् २०२१ मा आयोजना हुने उमेर समूहका विश्वकप रद्द गर्ने निर्णय

फिफाले सन् २०२१ मा आयोजना हुने उमेर समूहका यु–१७ र यु–२० विश्वकप रद्द गर्ने निर्णय गरिएको छ । महामारी कोरोनाको कारणले देखाउँदै फिफाले बिहिबार उमेर समुहका दुई ठूला प्रतियोगिता रद्द गर्ने निर्णय लिइएको हो ।

यु–१७ विश्वकप पेरु र यु–२० विश्वकप ईन्डिोनेसियामा सञ्चालन गर्ने तयारी गरिएको थियो ।

सन् २०२३ मा फिफाले दुवै देशले सोही प्रतियोगितामा आयोजना गर्ने बताएको छ । महामारीले कोरोनाको कारणले अन्तराष्ट्रिय खेल आयोजनाका लागि चुनौती दिइएको छ र अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्धको अवस्था सिर्जना गरेको छ ।