फुटबलका मुख्य प्रशिक्षक द्वारा राजीनामा

2 years ago

फुटबलका मुख्य प्रशिक्षक द्वारा राजीनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

बिहीबार बसेको अखिल नेपाल फुटबल संङ्ग ( एन्फा)को बैठकले  कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाल  बालगोपाल महर्जनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । उनी  सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । 

उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए। त्यसपछि उनी नेपाल फर्किएनन् । उनले आफ्नो पद स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।