पश्चिमा मुलुकद्धारा चीनमाथि प्रतिबन्ध

2 years ago

पश्चिमा मुलुकद्धारा चीनमाथि प्रतिबन्ध

पश्चिमा मुलुकहरुले चीनमाथि प्रतिबन्ध लगाएका छन् । अल्पसंख्यक मुस्लिम उइघुर समुदायमाथि गरेको ‘दमन’का कारण प्रतिबन्ध लगाएको जनाइएको छ । बीबीसीका अनुसार चीनका उच्च अधिकारीको भ्रमणमा प्रतिबन्धदेखि सम्पत्ति रोक्कासम्म गरिएको छ । यस्तो प्रतिबन्ध युरोपियन युनियन ९इयू० बेलायत, अमेरिका तथा क्यानडाको सहकार्यमा लगाइएको हो ।

चीनलाई १० लाखभन्दा बढी अल्पसंख्यक उइघुर समुदायमाथि नियन्त्रण राखी यातना दिएको आरोप लाग्दै आएको छ । त्यस्तै बलपूर्वक श्रममा लगाएको तथा यौनहिंसा गरेको समेत आरोप लागेको छ ।

चीनले इयूका अधिकारीलाई पनि प्रतिबन्ध लगाउँदै पश्चिमा मुलुकको कदममाथि प्रतिक्रिया जनाएको छ । इयूको प्रतिबन्धले आफ्नो सार्वभौमिकतामा आँच आउने भन्दै चीनले प्रतिबाद गरेको हो ।