पुरुष राष्ट्रिय क्रिकेट कपमा सुदूरपश्चिमलाई ‍१९६ रनको लक्ष्य

2 years ago

पुरुष राष्ट्रिय क्रिकेट कपमा सुदूरपश्चिमलाई ‍१९६ रनको लक्ष्य

कीर्तिपुरस्थित टीयू मैदानमा भएको ( पीएम ) कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत समूह बी को खेलमा प्रदेश २ ले सुदूरपश्चिमलाई १९६ रनको लक्ष्य दिएको छ ।

‍प्रदेश २ ले टस हारेर पहिले ब्याटिङ गरेर ‍ ४२ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाए र ‍ओपनर हरिशंकर शाहले अर्धशतक बनाएका हुन ।

उनले सर्वाधिक ६० रन बनाए र त्यसका लागि ७३ बल खेल्दै ९ चौका प्रहार गरे ।यस्तै विवेक यादवले ५२ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा ४१ रन बनाए र मेहबुब आलमले २३ रन जोडे । ‍सुदूरपश्चिमका लागि शेर मल्ल र नरेन्द्र साउदले ३-३ तथा अरुण ऐरीले २ विकेट लिए ।