पूर्वी मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त, ६ सैनिकको मृत्यु

2 years ago

पूर्वी मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त, ६ सैनिकको मृत्यु

मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतवार दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ। उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा दुर्घटनाग्रस्त भएको मेक्सिकोको रक्षा मन्त्रालयले बताएको थियो।

मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतवार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख गरिएको छ । सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन शुरु गरिसकेको जनाएको छ ।