प्रिमियर लिग : चेल्सीदवा्रा टोटेनहम पराजित

2 years ago

प्रिमियर लिग : चेल्सीदवा्रा टोटेनहम पराजित

इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटेनहममाथि १-० गोलको जित हात पारेको छ। विहीवार राति भएको खेलमा चेल्सीको जित जोर्गिन्होले खेलको २४ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो।

इरिक डियरले चेल्सीका टिमो वेर्नरलाई फल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो।  चेल्सीले २२ खेलबाट ३६ अंक जोडर अंक तालिकामा छैठौँ स्थानमा उक्लिएको छ भने ‍टोटेनहम आठौं स्थानमा झरेको छ।

टोटेनहमले २१ खेलबाट ३३ अंक बटुलेको थियो । ‍ म्यानचेस्टर सिटीले २१ खेलबाट ४७ अंक जोडेर शीर्ष स्थानमा पुगेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ४४ अंक रहेको छ।