प्रिमियर लिग क्लब टोटेनहम युरोपा लिगअन्तर्गत तेस्रो खेलको जित

2 years ago

प्रिमियर लिग क्लब टोटेनहम युरोपा लिगअन्तर्गत तेस्रो खेलको जित

बिहीबार राति भएको खेलमा टोटेनहमले लुडोगोरेस्टमाथि ३-१ गोलको जित भएको छ ।

खेलको १३औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा मोराले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको टोटेनहमले दोस्रो हकाफमा थप एक गोल गरेको हो । खेलको ५०औं मिनेटमा लुडोगोरेस्टका लागि केसेरुले गोल गर्दै टिमलाई सहज स्थितिमा ल्याए ।

६२औं मिनेटमा केलासोले गोल गर्दै टोटेनहमलाई ३(१ गोलको जित दिलाए । जितसँगै टोटेनहमले समूह तीन खेलबाट ६ अंक जोडेको छ । टोटेनहम तालिकाको दोस्रो स्थानमा छ ।