प्रभास अभिनित फिल्म ‘राधे श्याम’को टिजर सार्वजनिक

2 years ago

प्रभास अभिनित फिल्म ‘राधे श्याम’को टिजर सार्वजनिक

दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास अभिनित फिल्म ‘राधे श्याम’को टिजर सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर आइतबार टिजर रिलिज गरिएको हो । टिजरसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ ।

टिजरमा प्रभासलाई प्रेममा परेका एक युवकको लुक्समा देखाइएको छ । टिजर रिलिज भएको केही घण्टामै ५ लाख बढीले हेरिसकेका छन् ।

टिजरमा एक रेल्वे स्टेसनमा प्रभास आफ्नो प्रेमिका पूजा हेगडेसँग केही कुरा बोलिरहेका छन् । सोहीक्रममा पूजाले प्रभासलाई ‘आफूले आफूलाई रोमियो सम्झन्छौं हो रु’भन्दै सोधेकी छन् ।

जवाफमा प्रभासले ‘होइन, उनले प्रेमका लागि ज्यान दिएकी थिइन्, म त्यो किसिमको छैन’ भनेका छन् ।

फिल्म आगामी जुलाई ३० मा रिलिज हुँदैछ । फिल्म हिन्दी, अंग्रेजी र तेलुगू भाषामा रिलिज हुँदैछ । राधाकृष्ण कुमार निर्देशित फिल्ममा वामसी कृष्णा रेड्डी, प्रमोद उप्पलपति र भूषण कुमारको लगानी छ ।