प्रदर्शनकारीलाई २० वर्ष जेल हाल्ने कानुन ल्याउँदै म्यानमारको सेना

2 years ago

प्रदर्शनकारीलाई २० वर्ष जेल हाल्ने कानुन ल्याउँदै म्यानमारको सेना

म्यानमारमा सैन्य ‘कू’विरुद्ध आवाज उठाउनेमाथि सेनाले कडा कारबाही गर्ने भएको छ । विद्यमान कानुन परिमार्जन गरी सेनाले प्रदर्शनकारीलाई २० वर्षसम्म जेल हाल्ने चेतावनी दिएको छ ।

निर्वाचित सरकारलाई अपदस्थ गरी कू गरेको सेनाले कानुन परिमार्जन गरी नागरिक अधिकारमाथि थप अंकुश लगाएको हो।

परिमार्जित कानुनअनुसार अब बोलेर, लेखेर वा साङ्केतिकसहित कुनै पनि रूपमा सेनाप्रति घृणा बढाउने काम गरेको पाइए जेल सजायसहित जरिवाना हुनेछ ।

त्यस्तै सर्वसाधारणमा डर वा अशान्ति पैदा गर्न खोजेको पाइएमा तीन देखि सात वर्षसम्म जेल सजाय हुने समाचारमा जनाइएको छ ।

सेनाले फेब्रुअरी १ मा प्रजातान्त्रिक नेतृ आङ सान सूकीसहितका नेताहरुलाई नजरबन्दमा राखेको छ । सूकी सहितका नेताहरुको रिहाइ र प्रजातन्त्रको पुनर्बहालिको माग गर्दै म्यानमारका जनताले प्रदर्शनलाई चर्को बनाएका छन् ।