पाकिस्तानमा सोमवार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु ,५० जनाभन्दा बढी घाइते

2 years ago

पाकिस्तानमा सोमवार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु ,५० जनाभन्दा बढी घाइते

पाकिस्तानमा सोमवार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु र ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् ।

दुर्घटना स्थलबाट  उद्धारकार्य जारी रहेको  छ । समाचार संस्था डनका अनुसार रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको छ ।