पाकिस्तानमा मङ्गलबार भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु

2 years ago

पाकिस्तानमा मङ्गलबार भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु

मङ्गलबार पाकिस्तानको दक्षिणपश्च्मि बलोचिस्तान प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु र ९ जना गम्भीर घाइते भएका छन् ।

दक्षिणी शहर कराँचीतर्फ गइरहेको यात्रुबाहक बस कमजोर प्रकाशका कारणले मुख्य राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो । घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ ।

घाइतेमध्ये केहीको अवस्था निकै चिन्ताजनक रहेको छ । घटनामा परेर ज्यान गुमाएकामध्ये चार जना महिला र पाँच जना बच्चाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ ।