पीएसजीले निम्सलाई ३-०ले हराए

2 years ago

पीएसजीले निम्सलाई ३-०ले हराए

बुधबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३-०ले हराएको हो । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन शानदार जित हात पारेको छ ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारिया, पाब्लो सराबिया र केलियन एमबाप्पेले एक एक गोल गरे । जितसँगै तेस्रो स्थानमा रहेको पीएसजीले २३ खेलमा ४८ अंक जोडेको छ । १५ अंक जोडेको निम्स तालिकाको पुछारमा रहेको छ ।