पीएम कपमा : लुम्बिनी र प्रदेश २ पहिलो खेल खेल्दै

2 years ago

पीएम कपमा : लुम्बिनी र प्रदेश २ पहिलो खेल खेल्दै

प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज  समूह ‘क’ मा रहेका लुम्बिनी प्रदेश र प्रदेश २ ले पहिलो खेल खेल्दैछन् । 

खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छन् ।लुम्बिनी कृष्ण कार्कीको कप्तानीमा खेल्दैछ भने प्रदेश २ को नेतृत्व सुरज कुर्मीले गर्दैछन् ।

भेट्रान मेहबुब आलम पनि प्रदेश २ टोलीमा छन् ।यस्तै समूह ‘बी’ अन्तर्गत गण्डकी प्रदेश र कर्णाली प्रदेशबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।  गण्डकीको यो तेस्रो खेल हो भने कर्णालीको दोस्रो खेल हो ।

पहिलो खेलमा विभागीय टोली आर्मीसँग ९८ रनले पराजित भएको गण्डकीले दोस्रो खेलमा प्रदेश १ लाई २ विकेटले पराजित गरेको थियो । यस्तै कर्णाली पहिलो खेलमा आर्मीसँग पराजित भएको थियो ।गण्डकी लगातार दोस्रो जित हात पार्ने योजनामा छ भने कर्णाली पहिलो जितको खोजीमा छ ।