नेसन्स लिग फुटबलमा बेल्जियमको जित

2 years ago

नेसन्स लिग फुटबलमा बेल्जियमको जित

नेसन्स लिग फुटबलमा बेल्जियमले आइसल्यान्डमाथि सफलता पुर्वक जित निकालेको छ ।

बुधबार राति भएको खेलमा बेल्जियमले आइसल्यान्डमाथि २-१ गोल अन्तरको  जित हात पारेको  हो ।सल्यान्डको घरेलु मैदानमा भएको खेलमा  स्ट्राइकर रोमेरो लुकाकुले २ गोल गरेका थिए ।आइसल्यान्डको लागि मार साएभर्सनले एक गोल गरेको थियो भने खेलको नवौं मिनेटमा बेल्जियमले अग्रता लिएको थियो ।

लुकाकुले गोल गर्दै बेल्जियमलाई १-० को अग्रता दिलाए । खेलको १७ औं मिनेटमा घरेलु टोली आइसल्यान्डले बराबरी गोल  गरियो । घरेलु टोलीका बिर्किर  साएभर्सनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । खेलको  ३८ औं मिनेटमा बेल्जियमले  अग्रता लियो ।

आइसल्यान्डका खेलाडीले फउल गरेपछि पाएको पेनाल्टीलाई लुकाकुले गोलमा परिणत गर्दै बेल्जियमलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । पहिलो हाफमा तीन गोल भएपनि दोस्रो हाफमा भने दुबै टोलीबाट कुनै गोल हुन नसक्दा खेल बेल्जियमले जितेको हो ।