न्युजिल्याण्डको अकल्याण्डमा तीन दिन लकडाउन

2 years ago

न्युजिल्याण्डको अकल्याण्डमा तीन दिन लकडाउन

कोरोना भाइरस देखिएपछि न्युजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्याण्डमा लकडाउन गरिएको छ ।

बेलायतमा भेटिएको नयाँ प्रजातिको भाइरसको संक्रमण देखिएपछि त्यहाँ तीन दिनका लागि लकडाउन गरिएको अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । न्युजिल्याण्डमा पहिलो पटक तीन जनामा नयाँ भाइरसको संक्रमण देखिएको हो ।

संसदका सदस्यहरुसँगको छलफलपछि प्रधानमन्त्री जसिन्डा आर्डेनले बुधवारसम्मका लागि लागू हुनेगरी लकडाउनको घोषणा गरेकी हुन् । न्युजिल्याण्डमा पछिल्लो छ महिनामा कुनै पनि बेला लकडाउन गरिएको थिएन ।

करिब ५० लाख जनसंख्या रहेको न्युजिल्याण्डमा दुई हजार तीन सय जना संक्रमित हुँदा २५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।