नम्बर १ डान्सिङ रियालिटी शो डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई

2 years ago

नम्बर १ डान्सिङ रियालिटी शो डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई

शनिबार सम्पन्न  भएको विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् ।

उपाधीसँगै उनीहरुले २० लाख पुरस्कारका साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरुले प्राप्त गरेका छन भने  विजेतालाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए । फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका खत्री भएका छन भने सेकेन्ड रनरअप भने प्रियना आचार्य र सुभम् भुजेल   भएका छन् ।

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रशारण हुँदै आएको थियो । उपाधि जितेपछि प्रतिस्पर्धी सुमी मोक्तानले भनिन्–‘जबसम्म मान्छेले सपना पुरा गर्न छाड्दैन, तबसम्म सफलता हात लाग्छ ।

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को विजेता बनेपछि मेरो करिअर नयाँ तरिकाले सुरु भएको छ ।’सुमीका कोरियोग्राफर पार्टनर विजु पार्कीले सबैको माया, दर्शकको साथले यो उपाधि हात पारेको बताए । उनीहरुले नगद पुरस्कार भन्दा पनि दर्शकको माया ठूलो कुरा भएको बताए ।