नेपाली राजदूत निलाम्बर आचार्यको विपिन रावतसँग भेटवार्ता

2 years ago

नेपाली राजदूत निलाम्बर आचार्यको विपिन रावतसँग भेटवार्ता

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भ्रमणका लागि भारत पुग्नु केही समयअघि आचार्यले रावतसँग भेट गरेका हुन् । दिल्लीस्थित नेपाली दूतावासले उक्त भेटवार्तामा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको बताएको छ।

आज ३ दिने भ्रमणको लागि नेपालको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत प्रस्थान गरेका छन ।