नेपाल पुलिस क्लबको पहिलो जित; राष्ट्रिय महिला लिग फुटबल

2 years ago

नेपाल पुलिस क्लबको पहिलो जित; राष्ट्रिय महिला लिग फुटबल

राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६–० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो। पुलिसको जितमा रेखा पौडेल र सिर्जना खड्काले २–२ गोल गरिन् भने अमृता जैशी र निर्मला बिकले एक एक गोल गरिन् ।

 

डबल राउण्ड रोबिनको आधारमा खेलाइएको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ । प्रतियोगितोको विजेता टोलीले १५ लाख प्राप्त गर्नेछन् भने दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ ।

यस्तै प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।