नेपालले चीनमा आयोजना हुने एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने पक्का

2 years ago

नेपालले चीनमा आयोजना हुने एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने पक्का

नेपाली राष्ट्रिय महिला भलिबल टिमले यसै वर्ष चीनमा आयोजना हुने एभिसी एसियन वुमन्स भलिबल च्याम्पियनसिप खेल्ने पक्का भएको छ ।

नेपालले एसियन च्याम्पियनसिप खेल्ने पक्का भएको संघका अध्यक्ष मनोरन्जन रमण शर्माले ‍ जानकारी दिएका हुन ‍। नेपालको लागि यो खुशीको विषय हो,’ अध्यक्ष शर्माल भने । ‍प्रतियोगिता अगष्ट २८ देखि सुरु हुनेछ ।

यसअघि संघको बैठकले नेपाली महिला भलिबल टिमलाई एसियन च्याम्पियनसिप खेल्न पठाउने निर्णय गरेको छ । हाम्रो महिला टिमले पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरेका छन् ।

त्यसैले अर्को वर्ष हुने एसियन च्याम्पियनसिपमा नेपाली महिला टिमलाई पठाउने निर्णय गरेका हौँ,’ शर्माले भने ।च्याम्पियनसिपमा कूल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियन्सिपमा आयोजक चीनसहित १० राष्ट्र छनोट भइसकेका छन् ।

सन् २०१९ मा दक्षिण कोरियामा भएको च्याम्पियनसिपमा शीर्ष दशमा रहेका टिमहरु सिधै छनोट भएका हुन् ।जसमा चीन चौथो भएको थियो र आयोजकको हिसाबले चीन छनोट भएको हो । चीनको स्थानको एसियाको अर्को उच्च वरियतामा रहेको हङक पनि छनोट भइसकेको छ ।

चीन र हङकङसहित अघिल्लो संस्करणको विजेता जापान, उपविजेता थाइल्याण्डसहित दक्षिण कोरिया कजाखस्थान चाइनिज ताइपेई इरान इन्डोनेसिया अष्ट्रेलिया र भारत सिधै छनोट भएका हुन् ।

गत वर्ष नेपालको महिला टोलीले दुई ठूला सफलता हात पारेका थिए । बंगलादेशमा भएको पहिलो संस्करणको एभिसी महिला सेन्ट्र जोनमा उपाधि जितेको नेपाली महिला टिमले १३औं सागमा रजत जितेको थियो ।