नेपालको बंगलादेशविरुद्ध दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आज

2 years ago

नेपालको बंगलादेशविरुद्ध दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आज

नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार बंगलादेशविरुद्ध दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । त्यसका लागि नेपाली टोली प्रशिक्षणमा व्यस्त छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो ।

यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । समूह ’बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ ।