नेतृ आङ साङ सुकीका प्रमुख सहयोगी विन हटेइन पक्राउ

2 years ago

नेतृ आङ साङ सुकीका प्रमुख सहयोगी विन हटेइन पक्राउ

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीका प्रमुख सहयोगी विन हटेइन पक्राउ परेका छन् । 

‘कू’ को व्यापक विरोध भइरहेको समयमा म्यानमारको सेनाले उनलाई पक्राउ गरेका छन् । हटेइनले आफूलाई प्रहरीले नियन्त्रणमा लिँदै यान्गोनबाट न्यपेत लगिएको बताए । उनले आफूमाथि के मुद्दामा समातिएको भन्ने विषयमा भने कुनै जानकारी दिएका छैनन् ।

उनले भनेका छन्, “उनीहरु भलादमी छन्, त्यसैले मैले फोन उठाउन पाएको छु । ‘हामीलाई लामो समयदेखि निरन्तर नराम्रो व्यवहार गरिँदै आएको छ । म कहिल्यै पनि उनीहरुसँग डराउने छैन किनकी मैले आफ्नो पूरा जीवनकालमा केही पनि गलत गरेको छैन ।”

म्यानमारको ठूला सहरहरुमा मानिसहरुले सेनाले गरेको कूको विपक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् ।

विहीवार सुकीको पार्टी एनएलडीले पनि सेनालाई अवज्ञा गर्दै न्यपेतमा सांकेतिक संसद्को बैठक बसेका थिए । उक्त बैठकमा उनीहरुको बीचमा आगामी दिनमा जनताको सेवा गर्दै अघि बढ्ने सहमति भएको थियो ।