दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला

2 years ago

दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला

दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ ।  काठमाडौंमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन सोमबारबाट अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन । यस वर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

यसका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा ११ टिकट बुकिङ काउण्टर थप गरेको छ ।

अग्रिम टिकट बुकिङ खुला भएसंगै बिहानैदेखि सर्वसाधारणहरु बसको टिकट काट्न नयाँ बसपार्क पुगेका थिए । तर अग्रिम टिकट बुकिङ खुल्ने बितिकै केहि गन्तव्यका बसको टिकट नै नपाएको सर्वसाधारणहरुले गुनासो गरेका छन् ।

बिहानैदेखि लाइनमा बस्दा पनि बसको अभाव रहेको भन्दै उपलव्ध रहेका बसेको टिकट सकिएको भन्दै फर्काइएको उनीहरुको गुनासो छ ।

नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रिम टिकट बुकिङ सुरुआत गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।