दिल्लीमा लकडाउन एक हप्ता थप

2 years ago

दिल्लीमा लकडाउन एक हप्ता थप

दिल्लीमा कोरोनाको गती रोकिने छाँटकाँट देखिएको छैन । यहाँ लकडाउन थप एक हप्ता बढाइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।

उनले दिल्लीमा १० मे मा समाप्त हुने भनिएको लकडाउन १७ मे बिहानसम्म थपिएको जानकारी दिए । केजरीवालले यसपटक लकडाउन थप कडा हुने बताएका छन् ।

दिल्लीमा सोमबारदेखि रेल सेवा पनि बन्द गरिनेछ ।केजरीवालले दिल्लीमा लकडाउनको राम्रो असर देख्न पाइएको बताएका छन् । २६ अप्रिलपछि नयाँ संक्रमितमा क्रमशः कम हुन थालेको छ र पछिल्लो तीन दिनमा संक्रमणको दर ३५ प्रतिशतबाट घटेर २३ प्रतिशतमा झरेको छ ।

उनले लकडाउनको प्रयोग स्वास्थ्य संरचना र संसाधनलाई बलियो बनाउनका लागि गरिने जानकारी दिए ।केजरीवालले सबैभन्दा ठूलो समस्या दिल्लीमा अक्सिजनको देखिएको छ ।

साधारण दिनमा अस्पतालमा अक्सिजनको जति आवश्यकता पर्छ, त्योभन्दा थुप्रै गुणा बढी अक्सिजनको आवश्यकता पर्न थालेको छ । किनभने अस्पताल आइरहेका सबै बिरामीलाई अक्सिजनको आवश्यकता परिरहेको उनले बताए ।

उनका अनुसार पछिल्लो थुप्रै दिनदेखि हाइकोर्ट र सर्वोच्च अदालतको आदेशबाट र केन्द्र सरकारको सहयोगले दिल्लीमा अब अक्सिजनको स्थितिमा निकै सुधार आएको छ ।