दक्षिण कोरियामा रहेको ६२ हजार श्रमिकहरुलाईप एक वर्षका लागि ‘बोनस’ भिसा

2 years ago

दक्षिण कोरियामा रहेको ६२ हजार श्रमिकहरुलाईप एक वर्षका लागि ‘बोनस’ भिसा

दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत भिसा समाप्त भएका ६२ हजार आप्रवासी श्रमिकलाई एक वर्षका लागि भिसा अवधि थप गर्ने भएको छ ।
हाल दक्षिण कोरियामा विभिन्न १६ देशका कामदारहरु रहेका छन् । उनीहरुको भिसा अवधि पटक पटक थप गर्दै चार वर्ष १० महिना पुर्याइएको छ भने पुनः थपेर पाँच वर्ष १० महिना बनाइने छ ।

कोरोना संक्रमणका कारणले गर्दा नयाँ कामदार ल्याउन कोरिया असमर्थ भएसँगै पूरानै कामदारको भिसा अवधि थप गरेर श्रमिकलाई आफ्नो देशमा राख्ने निर्णय लिएको छ ।

पछिल्लो समय दोस्रो चरणको कोरोना महामारी फैलिएपछि श्रमिक अभावलाई पूर्ति गर्न यस्तो निर्णय भएको प्रवासी श्रमिक युनियन (एमटीयू)ले जानकारी दिएको छ।

यहाँको सरकारले आप्रवासी श्रमिक कोरोना महामारीका कारण स्वदेश फिर्ता हुन कठिनाइ भएको र नयाँ श्रमिक ल्याउन समस्या भए पछि पूरानै श्रमिकको भिसा थप गर्नेगरी कानुन पारितएमटीयूका जनाएको हो । आज मंगलवारबाट उक्त कानूनअप्रिल १३ अर्थात् लागू भएको छ।

यो नियम लागू भएसँगै सन् २०२१ को डिसेम्बर ३१ सम्ममा तीन वर्ष वा चार वर्ष १० महिनाको भिसा अवधि समाप्त हुने श्रमिमको भिसा स्वतः एक वर्ष थप हुने एमटीयूले जनाएको छ ।

हाल इपीएस परीक्षामार्फत् कोरियामा १६ देशका एक लाख ७३ हजार ८ सय ४५ जना आप्रवासी श्रमिक कार्यरत रहेको पनि एमटीयूले जनाएको छ ।