दक्षिण अफ्रिकामा मादक पदार्थको बेचबिखनमा प्रतिबन्ध

2 years ago

दक्षिण अफ्रिकामा मादक पदार्थको बेचबिखनमा प्रतिबन्ध

दक्षिण अफ्रिकामा मादक पदार्थको बेचबिखनमा प्रतिबन्ध लगाइएको छ । इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच विखनमा प्रतिबन्ध लगाइएको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले जानकारी दिएका छन् ।

उनले मंगलवार राति गरेको सम्बोधनका क्रममा सो जानकारी गराएका हुन् । दक्षिण अफ्रिकामा पनि पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढ्दो रुपमा रहेको छ ।

यसैकारणले त्यहाँ मादक पदार्थको बेचबिखनमा प्रतिबन्ध लगाइएको बताइएको छ । त्यहाँको इस्टर पर्वको हप्तामा मादक पदार्थको अत्यधिक मात्रामा विक्री वितरण हुने गरेका र त्यहाँ पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दो रहेकोले पनि यो प्रतिबन्ध लगाइएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

त्यहाँ यो इस्टर होलिडे मनाउने क्रममा ठूलो संख्यामा मानिसहरु जम्मा हुने भएकाले ठूलो संख्यामा उनीहरुलाई भेटघाट र जम्मा हुन पनि प्रतिबन्ध लगाइएको बताइएको छ ।

त्यहाँ पछिल्लो महिना दिन यतादेखि नै कोभिडको खोप लगाउने काम पनि शुरु भएको छ । चीन र रसियाबाट ल्याइएको कोरोना विरुद्धको खोप दक्षिण अफ्रिकामा दिने गरिएको छ ।

त्यहाँको स्वास्थ्य सम्बन्धी निकायले दिएको पछिल्लो तथ्यांकअनुसार त्यहाँ कम्तीमा पनि १५ लाख मानिसलाई यो संक्रमण भएको छ । त्यसैगरी त्यहाँ कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ५२ हजार जना मानिसको ज्यान गएको बताइएको समाचारमा उल्लेख छ ।

पछिल्लो समयमा युरोप र अमेरिकामाजस्तै त्यहाँ पनि कोरोना महामारीको दोस्रो लहर आएकाले त्यसबाट बच्न होटल रेष्टुरेन्ट आदिमा पनि सीमित मानिसहरु मात्र बस्न मिल्ने गरी प्रतिबन्ध लगाइएको छ ।