त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बराबरीमा

2 years ago

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बराबरीमा

बुधबारबाट काठमाडौंमा सुरु राष्ट्रिय महिला लिग फुटबलको पहिलो खेलमा दुई विभागीय टोलि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको उद्घाटन खेलमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । बराबरीसंगै आर्मी र पुलिसले १–१ अंक बाँडेका छन् । प्रतियोगिताको दोस्रो दिन दुई खेल हुनेछन् ।

पहिलो खेलमा साबिक विजेता एपिएफले चन्द्रपुरको सामना गर्नेछ भने दोस्रो खेलमा बिराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल एन्फा मैदानमा हुनेछ ।

पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा सुरु भएको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ । प्रतियोगितोको विजेता टोलीले १५ लाख प्राप्त गर्नेछन् भने दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ ।

यस्तै प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।