‍ तेक्वान्दो खेलाडीलाई युयुएनटीएफ अवार्डबाट सम्मानित

2 years ago

‍ तेक्वान्दो खेलाडीलाई युयुएनटीएफ अवार्डबाट सम्मानित

तेक्वान्दोका आयशा शाक्य, भुपेन श्रेष्ठ, काजल श्रेष्ठ, सञ्जिव कुमार ओझा र पौडीकी गौरिका सिंह दोस्रो युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) अवार्डबाट सम्मानित भएका छन् । ‍

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विजेता खेलाडीहरुलाई नुवाकोटको बट्टारमा आयोजित एक कार्यक्रममा ‍नगद सहित सम्मान गरेका छन् ।

सम्मानित पाँच खेलाडीले गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए ।विजेता पाँचै जना खेलाडीहरुले नगद ३० हजार तथा प्रशिक्षकले २० हजार रुपैयाँसहित सम्मान पत्र प्राप्त गरेका छन् । यस्तै प्रशिक्षकतर्फ तेक्वान्दोका नोर्बु लामा पुरस्कृत भएका छन् ।

विश्वभर छरिएर रहेका तेक्वान्दो खेलाडीहरुको संगठन युयुएनटीएफले गतवर्षबाट अवार्डको शुरुवात गरेको हो । यसको पहिलो संस्करण दुई वर्ष अगाडि बुटवलमा भएको थियो भने अवार्ड कार्यक्रममा युयुएनटिएफ अवार्ड अलावा १३ औं सागमा पदक जित्ने सम्पूर्ण खेलाडी र प्रशिक्षकहरुलाई समेत सम्मान गरियो ।

जसमा १२ स्वर्ण जित्ने १८ जना खेलाडीहरुलाई २५ हजार, रजत जित्ने ६ जनालाई १५ हजार र ११ काश्य पदक जित्ने १७ जना खेलाडीलाई १० हजार रुपैंया प्रदान गरिएको थियो।

त्यसैगरी ७ प्रशिक्षक र २ मेनेजरलाई नगद ५ हजार प्रदान गरियो ।सोही अवसरमा नुवाकोट जिल्लाबाट १३ औं सागमा पदक जित्ने १० जना खेलाडीहरुलाई पनि नगद सहित सम्मान गरियो ।

त्यसमा स्वर्ण पदक जित्ने करातेकी अनु अधिकारी, साइक्लिङकी लक्ष्मी मगर र वुद्धि बहादुर तामाङ, फुटबलका अभिषेक रिजालले नगद २५ हजार प्राप्त गरे ।

त्यसैगरी रजत जित्ने तेक्वान्दोका कृष्ण बहादुर तामाङ, उसुका मिन ग्लान, फेन्सिङकी अन्जु तामाङ, जुडोका सञ्जित डंगोल, भारोत्तोलनकी अस्मिता राई , तेक्वान्दोका कृष्ण बहादुर तामाङले नगद १५ हजार प्राप्त गरे ।त्यसैगरी काश्य पदक जित्ने तेक्वान्दोका रेजिन रिजाल, जुडोका सुनिल नगरकोटी र करातेका राजीव पुडासैनीले १० हजार रुपैंया प्राप्त गरेका छन्। ‍