ताइवानले मुलुकसँग सम्बन्ध कायम गर्न आफू स्वतन्त्र तथा यसमा हस्तक्षेप नगर्न चीनलाई चेतावनी

2 years ago

ताइवानले मुलुकसँग सम्बन्ध कायम गर्न आफू स्वतन्त्र तथा यसमा हस्तक्षेप नगर्न चीनलाई चेतावनी

ताइवानले कुनै पनि मुलुकसँग सम्बन्ध कायम गर्न आफू स्वतन्त्र रहेको र यसमा हस्तक्षेप नगर्न चीनलाई चेतावनी दिएको छ । ताइवानको विदेश मन्त्रालयका अनुसार कुनै पनि मुलुकसँग सम्बन्ध कायम गर्न आफू स्वतन्त्र मुलुक रहेको छ ।

साथै अन्य मुलुकसँग ताइवानको सम्बन्धमाथि हस्तक्षेप गर्न चीनको कुनै अधिकार नरहेको पनि विदेश मन्त्रालयले प्रष्ट पारेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको टिप्पणीपछि अमेरिकाले ताइवानमा पृथकतावादी गतिविधिमा सहयोग रोक्नु पर्ने ताइवानको यस्तो भनाइ सार्वजनिक भएको हो ।

वाङ ले अमेरिका र चीनको राजनीतिक प्रणालीमा चासो नदिन र ताइवानको स्वतन्त्रताका लागि पृथकतावादी गतिबिधिलाई सहयोग रोक्नुपर्ने टिप्पणी गरेका थिए ।

चीनको यस्तो टिपपणीपछि ताइवान विदेश मन्त्रालयले अन्य मुलुकहरुसँग ताईवानको सम्बन्धमा हस्तक्षेप गर्न चीनको कुनै अधिकार नरहेको र ताइवानमा लोकतान्त्रिक रुपमा निर्वाचित सरकारले मात्र अन्तर्राष्ट्रिय स्तरमा जनताको प्रतिनिधित्व गर्ने बताएको हो ।

विश्वमा ताइवानको उपस्थितीलाई चीनको दमनले कुनै फरक नपर्ने विदेश मन्त्रालयको भनाइ रहेको  छ ।