डिलिट गर्‍यो फेसबुकले ट्रम्पको स्टाटस

2 years ago

डिलिट गर्‍यो फेसबुकले ट्रम्पको स्टाटस

पहिलो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरसबारे पोष्ट फेसबुकले डिलिट गरेको हो । फेसबुक कम्पनीका अनुसार ट्रम्पले गलत सूचना सेयर गरेकाले पोस्टलाई डिलिट गरिएको हो ।

ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप राखेका थिए । जहाँ ट्रम्पले कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन् भनेका थिए ।

फेसबुकका प्रवक्ताका अनुसार उनले त्यस भिडियोमा कोरोना भाइरसबारे गलत दाबी गरि नीतिको उल्लंघन गरेका हुन । उनीहरु कोरोना भाइरस संक्रमणको विषयमा गलत सूचना प्रवाहको विरुद्धमा रहेका छन् ।